भारत र अफगानिस्तान सम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल भारतको ए टिमसँग ८ विकेटले पराजित भयो ।
लखनउ स्थित इकाना अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर ५ बलमा एक सय ५६ रनमा अलआउट भयो ।
लखनऊ(भारत),२९ भदौ ।नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सन्दिप जोराले ६६ तथा भिम शार्कीले २८ र त्रितराज दाशले ४६ रन बनाए । ९२ रन हुदा मात्र चार विकेट गुमाएको नेपालले एक सय ४२ रनमा ६ विकेट खेर फाल्यो । त्यसपछि अरु १४ रन थप्दा अलआउट हुन पुग्यो ।
जवाफमा भारतले २४ ओभर एक बलमा २ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । नेपाली बलरमाथि सुरुवात देखि नै हावी भएको भारतको ए टिमले १३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ७८ रनमा दोस्रो विकेट खेर फाल्यो ।
उसका लागि अनुज रावतले ४७ रन बनाए भने वाईभी राथोडले अविजीत ५९ र प्रभासिमरन सिंहले अविजीत ४६ रनको योगदान गरे । बलिङ तर्फ नेपालका पवन सराफ र कमलसिंह ऐरीले एक एक विकेट लिए ।


















