काठमाडौँ, १ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ ।
बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताउनुभयो ।
संघीय संसदको २ सय ७५ सदस्यीय प्रतिनिधि सभाको प्रत्यक्षतर्फका १ सय ६५ सीट मध्ये १ सय २५ सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका १ सय १० सीट मध्ये ५७ सीटमा सांसद पठाउने सम्मानजनक मत ल्याएको छ ।


















