काठमाडौं, २ चैत्र । निर्वाचनको लागि गठन गरिएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार चुनाव सकाएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर बिदा लिने तरखरमा छ ।
सिंगो देश आगजनी, तोडफोड र विध्वंशमा परेर प्रधानमन्त्रीले राजिनामा गरेर हिंडेको बेलामा सत्ता सम्हाल्न आइपुग्नुभएकी सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेर निर्धारित मितिभित्रै चुनाव सम्पन्न गर्नुभयो । चारैतिरबाट प्रशंसा पाइरहनुभएकी कार्कीको सरकारले जाने बेलामा भने पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
इरानमाथि इजरायली र अमेरिकन आक्रमणका कारण मध्यपूर्वमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा व्यवधान आएकोले अन्तर्राष्ट्रिय रुपमा नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।
नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिको जिम्मेवारी पाएको नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ ।


















