Prakash Adhikari September 16, 2018

काठमाडौं, ३१ भदौ । बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कप प्रतियोगिताको टाई सिट प्रकाशित भएको छ ।
नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

एसीसीले शनिवार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समुह ‘ए’ मा परेको छ ।

यू-१९ एशिया कपमा नेपालकाे पहिलाे खेल भारतसँग

मलेसियामा २०१७ नोभेम्बरमा सम्पन्न प्रतियोगिताको अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो। यो प्रतियोगिताको साविक विजेता भारत रहेको छ ।

अहिले नेपाली यु १९ टोली भारतमा अफगानिस्तान र भारतको टीम ए र बी सँग लखनऊमा ५० ओभरको प्रतियोगिता खेलिरहेको छ ।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ।समुह ‘ए’ मा नेपालसँगै साविकको विजेता भारत, अफगानिस्तान र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्।

२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

Share Now

Leave a comment.