क्वाललम्पुर(मलेशिया), २ असोज । मलेसियामा मंगलबार चार जना नेपालीको रहस्यमयी मृत्यु भएको छ।
मलेसियाली सञ्चारमाध्यमहरुले विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको जनाएका छन्। थप १३ नेपाली बिरामी भएर अस्पतालमा उपचार गरिरहेका छन्।
उनीहरूले सोमबार राति क्लाङ उपत्यकाका विभिन्न पसलबाट रक्सी किनेको प्रहरी अनुसन्धानमा देखिएको छ।
सेलान्गोरका प्रहरी प्रमुख दातुक मज्लन मन्सुरले विरामी परेका नेपालीले मन्डालय विस्की, किङफिसर बियर, ग्रान्ड रोयल विस्की किनेको देखिएको बताएका छन् ।
प्रहरीका अनुसार यो घटनामा सात जनाको मृत्यु भएको छ । बिरामी परेका १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।