Prakash Adhikari April 10, 2026

 

काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री थपिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले गौरीकुमारी यादवलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री र रामजी यादवलाई श्रम तथा रोजगार मन्त्री नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको छ । मन्त्रीहरुको आजै शपथ ग्रहण हुने भएको छ ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण पनि आजै हुनेछ । यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस
मन्त्रिपरिषद् विस्तार हुँदै, गौरी र रामजी मन्त्री बन्दै
यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।

Share Now