काठमाडौं, १७ बैशाख। नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाको बागमती प्रदेश स्तरीय छलफल आयोजना गर्नुभएको छ।
बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न छलफल कार्यक्रममा बागमति प्रदेशबाट प्रतिनिधित्व गर्नु हुने कांग्रेस केन्द्रीय पुर्वपदाधिकारी एवं पुर्व केन्द्रीय सदस्यहरु, जिल्ला सभापती र पुर्व सभापती, सांसद र पुर्वसांसद, वाग्मती प्रदेस सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, लगायत अन्य महत्त्वपूर्ण नेताहरुको उपस्थिति रहेको थियोे ।
देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको हो ।
छलफलमा सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशिल सदस्यता नविकरण भैसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राख्नुभएको छ । अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उहाँहरुको तर्क थियो । सहभागी वक्ताहरुले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताउनुभएको थियो। पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि विधानतः पदासिन सभापतिकै रहेको उहाँहरुले जिकिर थियो ।
छलफलमा नेताहरु डा शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरु डा चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरु उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पूर्वसांसद नरोत्तम बैद्य र बिजुला बर्मा किर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्वकेन्द्रीय सभापति बिनोद कायस्थ, नेता लोकेश ढकाल लगायत १ सय २३ जनाको सहभागीता रहेको थियोे ।


















