Prakash Adhikari May 5, 2026

काठमाडौं, २२ बैशाख । आज साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ३४ दशमलव ६३ अंकले खुम्चिएको धितोपत्र बजार परिसूचक आज८.७८ अंकले उकालो लागेर २७१२.८६ बिन्दुमा चढेको छ ।

यस दिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले उकालो लागेर ४६२.३२ बिन्दुमा चढेको छ ।

आज शेयर बजारमा ३ सय ३५ वटा कम्पनीहरुको ७७ लाख ३४ हजार १२ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३ सय ९२ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बिकास बैंक, फाईनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।

Share Now