Prakash Adhikari May 12, 2026

कीर्तिपुर(काठमाडौं), २९ बैशाख । आईसीसी विश्वकप लिग २ अन्तरगत दोस्रो नेपाल श्रृखलाको पहिलो खेलमा स्कटल्याण्डले आयोजक नेपालसामु २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ४३ रनको योगफल तयार गरेको छ ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले ७५,फिन्ले म्याकग्रेगले ३५,माइकल इंग्लिसले ३४,माइकल लिक्सले २९, मार्क वाटले २४, म्याथु क्रसले १८, ब्राण्डन म्याकमुलनले ७, रिचि बेरिड.टनले ५ रनका योगदान दिए । स्कटल्याण्डले १६ रन अतिरिक्त हासिल गर्यो ।

मैदानमा आज चम्किए सन्दीप, लिए स्कटल्याण्डको चार महत्वपूर्ण विकेट

नेपालले विकेट लिन संघर्ष गरिरहनु परेको बेला नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले महत्वपूर्ण चार विकेट लिएका छन। उनले २१ औं ओभरमा स्कटल्याण्डका दुई महत्वपूर्ण विकेट झारेका छन् । उनले २०.३ ओभरमा ७५ रन बनाएका ओपनर जर्ज मुन्सेको विकेट लिए । त्यस लगत्तै २०.६ ओभरमा फिन्ले म्याकक्यार्थलाई ३५ रन बनाएको अवस्थामा आउट गरे । उनी त्यतिमा रोकिएनन । उनले २२.६ ओभरमा ब्राण्डन म्याकमुलनलाई ७ रनमा आउट गरे । उनले २४.२ ओभरमा रिची बेरिड.टनको विकेट पनि लिए ।

सन्दीपले स्कटल्याण्डका शीर्षतहका ब्याट्सम्यानलाई धराशायी बनाएपछि करनले पनि थप दुई विकेट लिए । उनले ३९.२ मा म्याथु क्रस र ४३.६मा मार्क वाटको विकेट लिए । त्यसपछि अन्तिम ओभरको दोस्रो र छैठौ बलमा नन्दन यादवले माइकल लिक्स र ज्याक जारभिनको विकेट लिए ।

Share Now