कीर्तिपुर(काठमाडौं), २ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज सम्पन्न १०५ औं खेलमा नेपालले अमेरिका विरुद्ध ९ विकेटको शानदार जित निकालेको छ ।
आजको जितमा ओपनर कुशल भुर्तेलको शतकीय पारी र अर्का ओपनर आशिफ शेखको अर्धशतकीय पारी महत्वपूर्ण रह्यो । खेलमा बलिड.तर्फ दीपेन्द्रसिंह ऐरीको ४ विकेटको महत्वपूर्ण योगदान रह्यो । बनाएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाद्धारा १ सय ९६ रनको लक्ष्य पाएको नेपालले सो लक्ष्य ३६.४ ओभरमा १ विकेटको क्षतिमा १ सय ९९रन बनाएर हासिल गर्यो ।
आजको खेलमा ओपनर कुशलले १ सय १८ बलमा ४ छक्का र १३ चौकाको मद्दतले १ सय २० रन बनाए । अर्का ओपनर आशिफ शेखले ७२ बलमा ५८ रन बनाए । उनी मोहम्मद मोहसिनको बलमा हरमित सिंहको हातमा क्याच आउट भएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका इशान पाण्डेले ३० बलमा २० रन बनाए ।
नेपाललाई रोक्ने क्रममा अमेरिकाका मोहमम्द मोहसिनले एक विकेट लिए ।
यस अगाडि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिड. गरेको अमेरिकाले नेपाललाई १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
खेलमा टस जितेर ब्याटिड। रोजेको अमेरिकाले ५० ओभरको निर्धारित खेलमा ४३.३ ओभरमा १ सय ९५ रनको योगफल तयार पार्दा अल आउट हुन पुग्यो ।
अमेरिकाका लागि स्मिथ पटेलले ८३, शेहन जयसूरियाले ५०, मिलिन्द कुमारले २८, हर्मित सिंहले १४रुसायन जहाँगिरले ६, सैतेजा मुकम्मलले ४, शुभम रञ्जनेले २, सञ्जय कृष्णमूर्तीले र नोस्टहस केञ्जिगेले १।१ रनको योगदान दिए । मोहम्मद मोहसिन शून्य रनमा आउट भए भने शौरभ नेत्रभाल्कर शून्य रनमा नट आउट रहे । अमेरिकाले वान बल एक र वाइड बल ५ बाट अतिरिक्त ६ रन जोड्यो ।
अमेरिकालाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २, सन्दीप लामिछानेले र गुल्शन झाले १ । १ विकेट लिए ।








