क्वालालम्पुर(मलेसिया), ६ जेठ । मलेसियामा भईरहेको एसीसी वुमन प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपालसमक्ष ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिड. गरेको मलेसिया नेपाली चेलीहरुको कसिलो बलिड.मा ६७ रनमा नै अल आउट हुन पुगेको हो ।
खेलमा मलेसियाका लागि इल्सा हन्टरले १०, मास इल्स्या यस्मिनले ८,अलिना हमिजा हासिम, धनुश्री श्री मुहुनाम र इर्दिना बेहले ७, नूर दानिया स्युहाडाले ६, एैस्या इलिना फिरदूजले ४, आरियाना नातास्याले २, ऐना नाज्वाले १को योगदान दिए । मलेसियाले लेगवाईबाट १ र वाइडबलबाट १४ रन पायो ।
मलेसियालाई रोक्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषाकुमारी उपाध्याय र रिया शर्माले २ । २ र कविता कुँवर र सीता राना मगरले १ । १ विकेट लिएका थिए ।
खेलमा नेपाल विरुद्ध पहिले ब्याटिंग गर्दै मलेसियाले बनाएको यो इतिहासकै दोस्रो कम स्कोर हो। सबैभन्दा कम मलेसियाले २०१९ मा पहिले ब्याटिंग गर्दै ६१ रन बनाएको थियो।








