Prakash Adhikari May 20, 2026

क्वालालम्पुर(मलेसिया), ६ जेठ । मलेसियामा भईरहेको एसीसी वुमन प्रिमियर कपको पहिलो अभ्यास  खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको छ ।

टस हारेर फिल्डिड.को निम्तो पाएको नेपालसमक्ष मलेसियाले ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा ७१ रन जोडेर पूरा गर्यो ।

नेपालका लागि सम्झनाकुमारी खड्काले ३२,रुवी पोद्दारले १५,कविता जोशी ६, सीता राना मगरले ५, रिया शर्माले ४कविता कुँवरले ३, कप्तान इन्दु बर्मा र रुविना क्षेत्रीले १ । १ रनको योगदान दिए । बिन्दु रावल र पूजा महतो खाता नखोली आउट भए ।

नेपाललाई रोक्ने क्रममा मलेसियाका नूर क्वालिशा नुरफेन्दीले ३, एलिशा हन्टर र ऐसा इलिासा फिर्दुजले २ ।२ र नूर दानिया स्युहाडाले १ विकेट लिए ।

यस अगाडि टस जितेर पहिले ब्याटिड. गरेको मलेसियाले नेपालसमक्ष ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाली चेलीहरुको कसिलो बलिड.मा ६७ रनमा नै अल आउट हुन पुगेको हो ।

खेलमा मलेसियाका लागि इल्सा हन्टरले १०, मास इल्स्या यस्मिनले ८,अलिना हमिजा हासिम, धनुश्री श्री मुहुनाम र इर्दिना बेहले ७, नूर दानिया स्युहाडाले ६, एैस्या इलिना फिरदूजले ४, आरियाना नातास्याले २, ऐना नाज्वाले १को योगदान दिए । मलेसियाले लेगवाईबाट १ र वाइडबलबाट १४ रन पायो ।

मलेसियालाई रोक्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषाकुमारी उपाध्याय र रिया शर्माले २ । २ र कविता कुँवर र सीता राना मगरले १ । १ विकेट लिएका थिए ।

खेलमा नेपाल विरुद्ध पहिले ब्याटिंग गर्दै मलेसियाले बनाएको यो इतिहासकै दोस्रो कम स्कोर हो। सबैभन्दा कम मलेसियाले २०१९ मा पहिले ब्याटिंग गर्दै ६१ रन बनाएको थियो।

एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग दुई अभ्यास खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको दोस्रो खेल यही जेठ ८ गते हुनेछ ।

 

Share Now