काठमाडौं, १६ जेठ। राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरात टाइटन्स तेस्रो पटक आईपीएलको फाइनलमा पुगेको छ।
यसअघि टोलीले २०२२ (विजेता) र २०२३ (उपविजेता)मा फाइनल खेलेको थियो।
गुजरातले अब आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रोयल च्यालेन्जर्स बैंग्लोरसँग सामना गर्नेछ। बैंग्लोर आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहँद, गुजरात दोस्रो पटक ट्रफी जित्ने लक्ष्यमा हुनेछ।
शुक्रबार मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको दोस्रो आईपीएल क्वालिफायरमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
वैभव सूर्यवंशीको ९६ रनको शानदार इनिङ्सको मद्दतमा राजस्थानले ६ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो।
राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले २ सय १९ रनको विजयी स्कोर बनाएर हासिल गर्यो । गुजरातका शुभमन गिल (१०४) र साई सुदर्शन (५८) बीचको शतकीय साझेदारीसँगै गुजरातले १८.४ ओभरमा तीन विकेट गुमाएर २ सय १९ रन बनायो र खेल जित्यो।








