Prakash Adhikari June 2, 2026

काठमाडौं, १९ जेठ। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ पर्नुभएको छ ।

उहाँलाई पर्सा प्रहरीले ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिनुभयो ।

पर्सा जिल्ला अदालतले उहाँलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

मेयर सिंहविरुद्ध ८ जेठमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उहाँसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिनुभएको थियो ।

Share Now