Prakash Adhikari June 5, 2026

काठमाडौं, २१ जेठ । सगरमाथाको क्याम्प वान नजिक खरपास(क्रेभास)मा खसेर हराउनुभएका ओखलढुंगा खिजिदेम्बाका हिलारी दावा शेर्पा ६ दिनपछि जीवित अवस्थामा भेटिनुभएको छ ।

‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम ए’ का तर्फबाट पोलिस आरोहण दलका साथमा शिखर आरोहण गरेर फर्कदा उहाँ हराउनुभएको थियो । खरपोस क्षेत्रमा गएको पहिरोको माटोमा टेकेर उहाँ घस्रदै आधार शिविरतर्फ आउनुभएको थियो । यो बर्षको आरोहण सकिएकोले सफाई गर्न गएका सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का कामदारहरुले उहाँलाई बिहिवार बिहान खुम्बु आइसफल क्याम्प वान पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा फेला पारे ।

उहाँलाई उद्दार गरेर आधार शिविर ल्याइयो र अल्टीच्युड हेलिकोप्टरबाट काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिंदै छ । हिउँले खुट्टा र हात खाएको दावा हिउँ खाएर बाँच्नुभएको थियो । उच्च हिमालमा खाना र कृतिम अक्सिजन बिना ६ दिनसम्म जीवित रहेर आफै खरपासबाट निस्केको घटनालाई एभरेष्ट मिराकल्स (सगरमाथा चमत्कार) भनिएको छ ।

Share Now