Prakash Adhikari June 16, 2026

सियाटल(संयुक्त राज्य अमेरिका), २ आषाढ(एजेन्सी)। फिफा विश्वकप २०२६ को समूह ‘जी’अन्तर्गतको आफ्नो पहिलो खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

अमेरिकाको सियाटल स्टेडियममा मंगलबार विहान भएको प्रतिस्पर्धात्मक खेलमा इजिप्टले लिएको सुरुवाती अग्रतालाई आत्मघाती गोलले बराबरीमा पुर्याएको हो।

खेलको २० औं मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले आकृष्ट गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा इजिटले उक्त अडता कायम राखे पनि दोस्रो हाफमा बेलियमले खेलमा फर्कन दबाब बढायो।

खेलको ६६ औं मिनेटमा इजिप्टका डिफेन्टर मोहम्मद हानीबाट दुर्भाग्यपूर्ण आत्मयाती गोल हुन पुगेपछि बेल्जियमलाई लाभ भयो । आफूले गोल नगरिकनै उसले १-१ को बराबरी बनायो।

प्रतिक्षक टठी गार्सियाको नेतृत्वमा रहेको बेल्जियमले यस बराबरीसँगै आफ्नो अपराजित यात्रालाई २४ खेलसम्म पुर्याएको छ।

सन् २०२५ को जनवरीमा डोमेनिकी टेक्स्कीको स्थान लिएका गार्सियाले टोलीलाई यूईएफए नेसन्स लिगको रेलिगेसनबाट जोगाउँदै विश्वकप छनोटमा २९ गोलका साथ समूहको शीर्ष स्थानमा पुग्याएका थिए। यस खेल अघि बेल्जियमले ट्युनिसियालाई ५-० ले पराजित गरेको थियो।

विश्वकपको इतिहासमा बेल्जियम र इजिप्ट पहिलोपटक आमने-सामने भएका हुन्। यसअधि भएका ४ मैत्रीपूर्ण खेलमध्ये इजिप्टले ३ र बेल्जियमले १ खेल जितेको थियो। सन् २०२२ को नोभेम्बरमा भएको पछिल्लो भेटमा इजिष्ट २-१ ले विजयी भए पनि विश्वकपको भेटमा भने दुवै टोली बराबरीमा चित्त बुझाउन बाध्य भए ।

Share Now