टोरन्टो (क्यानडा), ७ असार(एएफपी) । एक गोलले पछाडि परेको जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै शनिबार विश्वकप फुटबल २०२६ मा आइभोरी कोस्टलाई २–१ गोलले पराजित गरेको छ । डेनिज उन्डवले इन्जुरी टाइममा गोल गरेपछि जर्मनीले विजय हात पारेको हो ।
क्यानडाको टोरन्टोमा समूह ‘ई’ को खेलमा आइभोरी कोस्टलाई पराजित गरेपछि जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७–१ ले पराजित गरेको थियो ।
यामल मुसियलाको स्थानमा ६० औं मिनेटमा मैदान प्रवेश गरेपछि उन्डवले खेलको नक्सा नै परिवर्तन गरे । उन्डवले इन्जुरी टाइमको चौथो मिनेटमा जर्मनीबाट विजयी गोल गरे । उनले नै ६८ औं मिनेटमा जर्मनीबाट बराबरी गोल फर्काएका थिए ।
यसअघि फ्रान्क केसिईले ३० औं मिनेटमा गरेको गोलमा आइभोरी कोस्टले मध्यान्तरसम्म १–० को अग्रता बनाएको थियो । आइभोरी कोस्टले पहिलो खेलमा इक्वेडरमाथि १–० को जित निकालेको थियो








