Prakash Adhikari September 27, 2018

काठमाडौं, ११ असोज । संघीय संसदको दोस्रो अधिवेशनको बिहीबारदेखि अन्त्य हुने भएको छ।

२०७५ वैशाख २३ गतेदेखि सुरू भएको संसद बैठक आज बेलुका १२ बजेदेखि लागू हुने गरी अन्त्य हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभएको हो ।

१ सय ३५ दिन बसेको बैठकमा मौलिक हकसम्बन्धी १६ विधेयकसहित १८ विधेयक पारित भएका छन्।

संसद बैठकले नियमावली र बजेट पारित गर्‍यो भने राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएता पनि राष्ट्रियसभाबाट पारित हुन बाँकी छ।

संसदमा दुई वटा सार्वजनिक प्रस्ताव दर्ता भए भने एक सार्वजनिक महत्वको विषयवस्तुमा ध्यानाकर्षण प्रस्ताव छलफल भयो।

संसद बैठकका प्रधानमन्त्रीले ६ पटक र ३ पटक गृहमन्त्रीले सम्बोधन गर्नुभयो।

संसदको यस अधिवेशनमा संसदीय समितिहरूको गठन र सभापतिसमेत चयन गरियो।
सांसद र मन्त्रीहरूबीच प्रश्नोत्तर कार्यक्रम पनि थालनी यो अधिवेशनमा गरिएको सभामुख महराले बताउनुभयो ।

संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारले प्रतिवद्धता गरेको कामकारबाहीप्रति विशेष निगरानी राख्न सांसदहरूलाई आग्रह गर्नुभयो।

सरकारले आवश्यक अब हिउँदे अधिवेशन डाक्नेछ।

Share Now

Leave a comment.