Prakash Adhikari September 27, 2018

न्यूयोर्क, ११ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट यहाँ हुनुहुन्छ । सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताउनुभयो । नेपालमा स्विट्जरल्याण्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो । (विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली–रासस)

Share Now

Leave a comment.