Prakash Adhikari June 23, 2026

न्युयोर्क(संयुक्त राज्य अमेरिका, ९ आषाढ । इर्लिङ हालान्डको दुई गोलको मद्दतले नर्वेले विश्वकप २०२६ मा मंगलबार सेनेगेललाई ३–१ ले पराजित गरेको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई पराजित गर्दै नर्वेले नकआउट चरणको ३२ टीमको समूहमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

न्युयोर्कको न्युजर्सी रंगशालामा सम्पन्न खेलमा नर्वेले पहिलो हाफमै १ ० को अग्रता लियो । खेलको ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ हालान्डले ४८औं मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। ५३औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा पुनः प्रतिस्पर्धा ल्याए।तर ५८औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ३ १ को स्थितिमा पुऱ्याए।

सेनेगलले अन्तिम समयमा लगातार दबाब बनायो र थपिएको ३ मिनेटमा फेरि इस्माइला सारले दोस्रो गोल गर्दै खेललाई ३(२ मा ल्याए। त्यसपछि पनि सेनेगलले बराबरीका लागि प्रयास जारी राख्यो। अन्तिम क्षणमा सारको हेडर थोरै बाहिर जानु र थप आक्रमण असफल हुनु सेनेगलका लागि निराशाजनक बन्यो।

सेनेगलले बराबरीमा आउन प्रयास गरिरहदा समय समाप्त भयो । यो खेल हालसम्मको सबैभन्दा रोचक खेलमध्ये एक बनेको छ । जसले अन्तिम सेकेण्डसम्म दर्शकलाई तानिरह्यो ।

यो समूहमा नर्वे तथा फ्रान्स दुवैको समान छ अंकमा छन् र दुवै अर्को चरण पुग्ने निश्चित भइसकेको छ । अब यिनै दुई टिमबीच हुने लिग चरणको खेलले समूह विजेताको निर्णय गर्नेछ ।

समूहमा सेनेगलसँगै इराक शून्य अंकमा पुछारमा छन् ।

 

Share Now