काठमाडौं, आषाढ २० गते । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स द्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ इअर’, ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ दि इअर’, ‘डोमेस्टिक रिटेल बैंक अफ दि इअर’ र ‘एसएमई बैंक अफ द इअर’ बैंकिङ्ग अवार्ड २०२६ बाट सम्मानित भएको छ ।
बैंकले यी अन्तर्राष्ट्रिय सम्मानले गौरवान्वित भएको महसुस गर्दै हाल बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रतिको आफ्नो अटल प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ ।
बैंकले निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दै उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरेको छ । यसले बैंकका सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउन एसबिआई परिवारलाई प्रेरित गरेको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १ सय ३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १ सय २७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।








