Prakash Adhikari July 5, 2026

काठमाडौँ, २१ असारः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ६०५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला रु २ लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु ४ हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु ४ हजार ४५० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
–––

Share Now