एडिन्बरा(स्कटल्याण्ड), २७ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टोली र भारत ए बीच ३ खेलको टी २० सिरिज हुने भएको छ।
स्कटल्यान्डमा भएको आइसीसी कन्फ्रेन्सका क्रममा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा बीसीसीआईका सचिव देभजित सैकियाबीचको बैठकपछि सिरिज आयोजनाको निर्णय भएको क्यानले जनाएको छ।
नेपाल भारत टीम ए श्रृखलाका खेलहरु कीर्तिपुरस्थित टियु अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंसिर २३ देखि २७ सम्म हुने क्यानले जनाएको छ।
नेपाल र भारत ए बीच खेल तालिका
पहिलो खेल – मंसिर २३ (डिसेम्बर ९)
दोस्रो खेल – मंसिर २५ (डिसेम्बर ११)
तेस्रो खेल – मंसिर २७ (डिसेम्बर १३)








