ड्याल्लास(टेक्सास,अमेरिका), ३१ आषाढ । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध स्पेनले दुई गोल गरेको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भइरहेको खेलको ५८औं मिनेटमा स्पेनले अग्रता दोब्बर बनाएको हो ।
स्पेनका पेड्रो पोरोले गोल गर्दै फ्रान्सलाई दुई गोलले पछि पारेका हुन् । उनले दानी ओल्मोको असिस्टमा गोल गरे ।
त्यसअघि २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो ।
२०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गर्न कुनै कसर बाँकी राखेनन् ।








