काठमाडौं, १ साउन । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
आज सुन प्रतितोला ३ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।








