Prakash Adhikari July 17, 2026

क्वालालम्पुर(मलेसिया), १ साउन । एसस्सी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएका छ।

लगातर ४ खेल जितेको नेपालले आज ब्याटिङमा निराशाजनक र कमजोर फिल्डिड.का कारण फाइनलमा पुग्न चुकेको छ।

जितको लागि १ सय १ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा सबै विकेट गुमाउँदै १ सय रनमा समेटिएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले ५ बलमा २ विकेट गुमाउँदै मात्र ६ रन बनायो। सोनी र अनु २र२ रन जोडेर आउट हुँदा सावित्री अविजित १ रनमा रहिन्।

७ रनको लक्ष्य युएईले ३ बलमा नै लक्ष्य पूरा गर्यो। रिया शर्माको बलिङना कप्तान समैरा धर्नीधार्काले चौका प्रहार गरिन्। यसपछि दोस्रो बलमा २ र तेस्रो बलमा १ रन लिंदै युएईलाई जित दिलाइन्।‌

१ सय १ रनको सामान्य लक्ष्य पछाएको नेपालले खराब सुरुवात गर्यो। १३.२ ओभरमा ५ विकेट गुमाउँदा ५० रन मात्र बनायो। ओपनर सावित्री ८ रनमा, कप्तान सोनी पाख्रिन ३ रनमा, सना प्रवीण १७ रनमा, अञ्जिला पाठक ६ रनमा र करूणा बिष्ट ४ रनमा आउट भए।

यसपछि अनु कडायत र अलिसा कुमारी यादवले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे। अनु २० रन जोडेर आउट हुन पुगिन्। लगतै तृष्णा विश्वकर्मा डक आउट हुँदा रिया शर्मा पनि ४ रनमा पबिलियन फर्किन्। यतिखेर नेपालले ९१ रन बनाउँदा ८ विकेट गुमाएको थियो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ७ रन जरूरी थियो। जहाँ नेपालले यो ओभरमा २ विकेट गुमाएर ६ रन जोड्दा खेल टाइ भयो। एलिसा १७ रनमा रन आउट भइन्।

मनिषा अन्तिम बलमा दोस्रो रन जोड्ने क्रममा रन आउट भइन्। नेपालले कडा संघर्ष गर्दै १ सय रन बनायो। बलिङमा वैष्नवी महेशले ३ विकेट साही निखिले ठिटेले २ विकेट झारे।

यसअघि मलेसियाको वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएई १९ ।५ ओभरमा सबै विकेट गुमाउँदै १ सय रनमा समेटियो।

१७ रन जोड्दा ३ विकेट गुमाउँदा युएईले खराब सुरूवात गर्यो। कुनै पनि समय साझेदारी बन्न सकेन्। नेपाली बलरसामु युएईका ब्याटरहरू निरिह बने।

मेहुल प्रनभ कुलकर्नीले सर्वाधिक ३० रन बनाउँदा लाभान्या केनीले २५ रन र नेहा कुमारी अविजित १९ रनमा रहिन्। यी ३ बाहेक अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन्।

रिया शर्माले ३ ओभर ५ बलमा मात्र ८ रन दिएर ३ विकेट लिंदै किफायती बलिङ गरिन्। अनु कडायतले ४ ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट झारिन्। तृष्णा विश्वकर्माले २ र मनिषा उपाध्यायले १ विकेट आफ्नो नाममा लेखाए।

अपराजित रहँदै नेपाल सेमिफाइनलमा पुगेको हो। समूह विजेता बन्दै नेपाल क्वाटर फाइनलमा पुगेको थियो। क्वाटर फाइनलमा जापानलाई ९ विकेटले माथ दिंदा नेपाल यु(१९ एसिया कपमा पनि छनोट भैसकेको छ

Share Now