Prakash Adhikari July 17, 2026

 

काठमाडौं, १ साउन । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धितोपत्र तथा बीमासम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश भएको छ।

जिल्ला अदालत, काठमाडौंले बिहीबार साता लामो सुनुवाइपछि थुनछेक आदेश दिएको हो।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा भट्टसँग डेढ करोड धरौटी माग गरेको हो।

त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।

नक्कली अशंबन्डा गरेर हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्री गरेको अर्को मुद्दामा सुलभसँग अदालतले २ करोड ३० लाख धरौटी माग गरेको छ।

धरौटी माग भए पनि दुवै व्यवसायी तत्काल रिहा हुने अवस्था छैन। सम्पत्ति शुद्धीकरणको कसुरमा यसअघि विशेष अदालतले दुवै जनालाई पुर्पक्षमा थुनामा पठाएको थियो।

Share Now