Prakash Adhikari July 28, 2026

 

बीरेन्द्रनगर(सुर्खेत),१२ साउन । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मंगलबार बेलुका मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ गरी कुल २३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शाहीले मंगलबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो।

पूर्वमुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो। शाही यसअघि भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीसमेत भइसक्नुभएको छ।

 

Share Now