काठमाडौं, २७ साउन । सांसद अमरकान्त चौधरीको उजुरीको आधारमा प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक तथा सम्पाक पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।
उहाँलाई प्रहरीले बुधवार राति पक्राउ गरेको हो । उहाँलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।
उहाँलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
केहीदिन अघि श्रेष्ठले सासद चौधरी र एक युवतीको संगै बसेको तस्वीर सार्वजनिक गर्नुभएको थियो ।








