Prakash Adhikari August 13, 2026

काठमाडौँ, २८ साउनः सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ ।

पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले आज थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो । रिट निवेदनमा बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ ।

 

अनुसन्धान गर्न तीन दिन म्याद थप
वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ परेका जनाअस्थाका सम्पादक किशोर श्रेष्ठलाई तीन दिन म्याद थप गरिएको छ ।
आज जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ ।”
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा ललितपुरस्थित निजकै निवासबाट पक्राउ गरेको थियो ।

Share Now