Prakash Adhikari August 17, 2026

मकवानपुर, १ भदौः बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ बिहीबार अपरान्ह ४.०० बजेभित्र दाबी पेस दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले गर्नुभएको आह्वानअनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले दलहरुको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्ने छ ।

मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै उहाँले विकसित पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री बानियाँले  उहाँले प्रदेशको चालु खर्च घटाउन मन्त्रालय सङ्ख्या आठमा सीमित गरिएको, विपन्न परिवारका लागि आवास तथा क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण गरिएको, यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाइएकोलगायत आफ्नो कार्यकालमा भएका जनहितका कार्यको चर्चा गर्नुभएको थियो ।

Share Now