काठमाडौं, ८ भाद्र । साताको पहिलो कारोबार दिन आज नेपालको शेयर बजार ओरालो लागेको छ । यस दिन धितोपत्र बजार परिसूचक १९.१३ अंकले ओरालो लागेर २५९९.५८ बिन्दुमा खुम्चिएको छ ।
यस दिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ३.१७ अंकले ओरालो लागेर ४५८.१८ बिन्दुमा खुम्चिएको छ ।
आज धितोपत्र बजारमा ३ सय ५० वटा स्टकको ८५ लाख ७२ हजार ९सय ७० कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५ सय ४९ रुपैंयाँ बराबरको कारोबार भएको छ ।
आज घटेको बजारमा पनि ४७ स्टकको भाउ बढेको छ । यसरी शेयर मूल्य बढ्ने शीर्ष १० कम्पनीहरुमा सर्वोत्तम पेन्ट्स, धौलागिरि लघुवित्त,सीवाईसीएल लघुवित्त, सयपत्री हाइड्रो, हाथवे, खानीखोला, एभरेष्ट डिबेञ्चर९१, केबीएल डिबेञ्चर ८६, सिटिजन्स समुन्नत योजना, नबिल ब्यालेन्स फण्ड २ रहेका छन् ।
Top Gainers
यस दिन २ सय २९ स्टकको शेयर मूल्य घटेको छ । अधिक शेयर मूल्य घट्ने कम्पनीहरुमा पञ्चकन्या माई हाइड्रो पावर, विननेपाल लघुवित्त, एनआईएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड, माउण्ट एभरेष्ट पावर,नेपाल लाइफ समृद्धि योजना, एभरेष्ट कलर ल्याब, आईसीएफसी डिबेञ्चर ८३, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, मिथिला लघुवित्त वित्तीय संस्था र कालिञ्चोक हाइड्रोपावर रहेका छन् ।
यस दिन अधिक कारोबार गर्ने शीर्ष १० कम्पनीहरुमा रिलायन्स स्पिनिड.मिल्स, सोलु हाइड्रो, साहस ऊर्जा,रिडी हाइड्रो, एक्सेल डेभलेपमेण्ट बैंक, तमोर,माउण्ट एभेरेष्ट पावर, आँखुखोला जलविद्युत कम्पनी, माउण्टेन इनर्जी र सानिमामाई हाइड्रो पावर कम्पनी रहेका छन् ।
| RSML | 127,282,070.90 | 2,728.00 |
| SOHL | 118,847,526.50 | 678.90 |
| SAHAS | 106,521,810.30 | 684.00 |
| RIDI | 94,037,412.60 | 357.00 |
| EDBL | 75,679,140.70 | 583.00 |
| TAMOR | 68,647,086.90 | 478.00 |
| MEPDL | 55,903,196.60 | 713.90 |
| AKJCL | 54,541,387.00 | 346.00 |
| MEN | 53,380,039.20 | 619.10 |
| SHPC | 52,554,171.80 | 514.2 |
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेका छन् । आज शेयर बजार पुरै राताम्मै हुन गयो ।








