Prakash Adhikari September 5, 2026

 

काठमाडौं, २० भाद्र।। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय  ४४ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले आज बिहान ५ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण ४ हजार ८ सय  ५८ जना अझै सम्पर्कविहीन रहेका छन्। खोज, उद्धार तथा राहत कार्यका लागि बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय  १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

विपद्मा परेका ८ हजार ६ सय ३१ जना घाइतेको सकुशल उद्धार गरी उपचारका लागि पठाइएको छ भने फेला परेकामध्ये १ हजार ३० जनाको शव व्यवस्थापन भइसकेको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान र व्यवस्थापनको काम जारी छ।

Share Now