Prakash Adhikari September 22, 2026

काठमाडौँ, ६ असोजः रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ । सबै खातामा गरी रु १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

राहत वितरणको कार्याविधिको अभावले हो वा राहत वितरणमा स्थानीय तहलाई बाईपास गरी सर्वदलीय संयन्त्र परिचालन गर्ने नियतका कारण हो सरकारले बाढीमा जीवन गुमाएका व्यक्तिका परिवारलाई पहिलो राहत क्रिया खर्च समेत उपलब्ध गराउन सकेको छैन ।
–––

Share Now