Prakash Adhikari September 25, 2026

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ९ असोज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

भेटवार्ता न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको हो।

भेटपछि प्रधानमन्त्री शाहले राष्ट्रसंघको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । भेटवार्ता लगत्तै प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

रसुवाको भोटेकोशी बाढीको क्षतिपछि नेपालले जलवायु परिवर्तनलाई मुख्य कारण ठहर गर्दै जलवायु न्यायको पक्षमा आवाज उठाउन प्रधानमन्त्री शाह महासभामा पुग्नुभएको हो।

 

Share Now