Prakash Adhikari September 25, 2026

नायोगा(जापान), ९ असोज । एशियाली खेलकूद अन्तरगत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसंग खेलिरहेको छ ।

नायोगाको निशिन क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको अफगानिस्तानले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय २ रन जोडेको थियो ।

अफगानिस्तानको लागि फैजल खान अहमदजाई र नजिबुल्लाह जर्दानले ३०।३०, नागेला खान नटआउट १७,मोहम्मद इश्कले १०, करिम जनत ९,, मोहम्मद अक्रम २ र अब्दुल्ला अहमदजाई नटआउट १ रनको योगदान गरे । हसन इसाखिल र द्धारिस रसोलीले खाता खोल्न पाएनन् ।

अफगानिस्तानलाई रोक्ने क्रममा नेपालका ललितसिंह राजवंशीले ३ र कुशल भुर्तेलले ४ विकेट लिए ।

Share Now