काठमाडौं, ९ असोज । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ खरिदबिक्री भएको छ।
बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्ला दिन सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।








