काठमाडौँ, ९ असोजः जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
जितका लागि १०३ रनको लक्ष्य पाएको नेपालले सो लक्ष्य १७.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३ रन बनाएर हासिल गरेको थियो ।
नेपालको जितमा सन्दीप जोराले ३४, रोहित पौडेलले ३३, दीपेन्द्रसिंह ऐरीले १५,कुशल मल्ल ९,आशिफ शेख २ र गुल्शन झाले नटआउट १ रनको योगदान गरे । ओपनिड. ब्याटर कुशल भूर्तेल खाता नखोली आउट भए ।
नेपाललाई रोक्ने क्रममा अफगानिस्तानका फारिदून दाउदजाई,अब्दुल्ला अहमदजाई र अरब गुलले एक एक विकेट लिए ।
यस अगाडि जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल बनाएको थियो ।
अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० रन बनाए । त्यस्तै नजिबुल्लाह जाद्रानले ३० रन तथा नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए ।
समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । अफगानिस्तानको भने दोस्रो खेल हो । पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो ।
–––