Prakash Adhikari October 10, 2026

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मतको अत्याधिक मतसहित निर्वाचित हुनुभएको छ ।

१५ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति मतदान सम्पन्न भएको थियो । मतदान सकिए लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभागृहमा भएको मतगणनामा सभापतिमा थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले भने ३ सय ७५ मत हासिल गर्नुभएको छ। जसमा कुल ५४ मत बदर भएको थियो ।

यसपटक कांग्रेसका ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका छन् ।

प्रतिशतमा सभापति थापाले  खसेको मतको  साढे ९३ प्रतिशत मत हासिल गर्नुभएको छ ।

अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी रहेको छ।

सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ । उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्नेछ ।

कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ।

May be an image of text

 

 

Share Now