काठमाडौं, ११ कार्तिक । बुधबार भरोसा लाग्दो ढंगले बढेर बन्द भएको छ। मंगलबार उकालो चढ्ने विन्दुमा बिश्राम लिएको बजारले बुधवार गति लिएको हो।
यस दिन नेप्से परिसूचक ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ।
धितोपत्र बजार परिसूचकसंगै यस दिन कारोबार रकम पनि बढेको छ। मगलबार ५ अर्ब ७९ करोड रुपैयाँबराबरकोा शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४८ स्टकको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्रीबाट ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७० रुपैयाँ बढेर ५ सय ३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ भने सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन मूल्य बढेका अन्य कम्पनीहरुमा युनियन हाइड्रो, सान्जेन जलविद्युत, स्वस्तिक लघुवित्त, सिटिजन सन्तुलित योजना र माबुलिड. इनर्जी रहेको छन् ।
बजारले उध्र्वगामी गति लिएको यस दिन मूल्य घटेका स्टकहरुमा प्राइम डिबेञ्चर ८८, गरिमा समृद्धि योजना, सिर्जनसिल लघुवित्त,चिर्ख्वा हाइड्रो, एनआईसी सेलेक्ट फण्ड, माथिल्लो मैलुड. खोला, ग्लोबल आईएमई ब्यालेन्स फण्ड, गुराँस लघुवित्त, लक्ष्मी भ्यालु फण्ड र सप्तकोशी विकास बैंकको मूल्यमा गिरावट आएको छ । तर गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ५० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यसपछि अधिक कारोबार हुने कम्पनीहरुमा अपि पावर,सोलु हाइड्रो, ग्रीन भेञ्चर्स लिमिटेड,पिपल्स हाइड्रो,सानिमा,मिडल तमोर,कुमारी बैंक रहेका छन् ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरण भएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।







