Prakash Adhikari October 29, 2026

काठमाडौं, १२ कार्तिक । विश्वभरका पर्वतारोहण संघहरुको सर्वोच्च संस्था विश्व पर्वतारोहण महासंघको वार्षिक महासभा भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

यो महासभा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघहरू, आयोगहरू, प्रतिनिधिहरू र साझेदारहरूको सबैभन्दा ठूलो तथा महत्त्वपूर्ण भेला हो। कुनै राष्ट्रिय महासंघद्वारा आयोजना गरिने यस महासभामा, विश्व पर्वतारोहण महासंघको भूमिका, यसका गतिविधिहरू र बजेटसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू लिइन्छन्, साथै निर्वाचन प्रक्रिया पनि सम्पन्न गरिन्छ।

नेपालका पर्वतारोहीहरुको साझा संस्था नेपाल पर्वतारोहण महासंघको आयोजनामा हुने यस दुई दिने महासभामा शुक्रवार समुद्घाटन र जानकारी सत्र हुनेछन् भने शनिवार जलवायु शिखर सम्मेलन, कार्यसमिति र विभिन्न समितिहरुको निर्वाचनको मतदान सत्र र विश्व हिमआरोहण रणनीति सत्रहरु सञ्चालन हुनेछन् ।

जलवायु शिखर सम्मेलनमा सदस्य संघहरुका लागि जलवायु कार्ययोजना, जलवायु परिवर्तनले सिर्जना गरेका चुनौति र समाधानका बारेमा भिडियो प्रदर्शन र छलफल, महासंघका आन्तरिक जलवायु कार्ययोजना, महासंघका कार्बन फुटप्रिन्ट रिपोर्टका बारेमा छलफल र निर्णय हुने बताइएको छ ।

नेपालको लामटाड. लिरुड.मा हिमनदीको अग्रभाग जमिनसहित पहिरोजाँदा लेन्दे खोला, भोटेकोशी र त्रिशुली नदीमा आएको प्रयलकारी बाढीले ठूलो विनास निम्त्याएको बेला हुन लागेको पर्वतीय संस्थाकोको विश्व संगठनको महासभालाई निकै महत्वका साथ हेरिएको छ ।

Share Now