Prakash Adhikari November 1, 2026

काठमाडौं,१५ कार्तिक । आज नेपाली कांग्रेसको कार्यसमितिको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसले सरकारका पछिल्ला निर्णय र गतिविधिहरू विवादित बन्दै गएको भन्दै यसबारे छलफल गर्न पार्टीको बैठक बोलाएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्न लागेको जानकारी दिनुभएको छ ।

उहाँले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गर्नुभएको छ।

आज सभापति गगनकुमार थापाले समसामयिक विषयमा सम्बोधन गर्ने भएकोले सो समाचार संकलन गर्न कांग्रेस मिडिया सेन्टरले संचारकर्मीहरूलाई उपस्थितिको लागि अनुरोधसमेत गरेको छ ।

केन्द्रीय समितिको बैठक अगाडि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक पनि बस्ने भएको छ । सरकारका एकपछि अर्को निर्णय तथा कदमहरूमाथि गम्भीर समीक्षा गर्दै आवश्यक परे सरकारलाई यसबारे गम्भीर ध्यानाकर्षण गराउने कांग्रेस पदाधिकारीहरूको तयारी रहेको छ।

आजको बैठक पार्टीका आन्तरिक विषयहरूमा समेत केन्द्रित रहने सो बैठकमा नेताहरूको कार्यविभाजन र आगामी स्थानीय तहको निर्वाचनको तयारीलगायतका महत्त्वपूर्ण संगठनात्मक एजेन्डामाथि समेत विस्तृत छलफल हुने बताइएको छ।

Share Now