काठमाडौं, १७ कार्तिक । नेपालको शेयर बजार साताको दोस्रो कारोबार उकालो लागेर बन्द भएको छ । यस दिन धितोपत्र बजार परिसूचक ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको हो।
शेयर बजार उकालोतिर लम्किए पनि यस दिन पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बजारमा मंगलबारको कारोबार ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३ सय ४९ स्टकका १ करोड ५४ लाख २० हजार कित्ता सेयरको किनबेच भएको छ ।
यस दिन अधिक शेयर मूल्य बढेका कम्पनीहरुमा शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ५.९४ प्रतिशत बढेको छ। रिभर फल्स पावरको मूल्य ५.८० प्रतिशत बढेको छ। यस दिन शेयर मूल्य बढेका अन्य कम्पनीहरुमा प्रभु सेलेक्ट फण्ड, त्रिशूली जलविद्युत कम्पनी, एनआईसी एशिया बैंक, लक्ष्मी भ्यालु फण्ड २, सानिगाड हाइड्रो, एभरेष्ट बैंक डिबेञ्चर, एनआईबीएल ग्रोथ फण्ड र सिर्जनसिल लघुवित्त रहेका छन् ।
यस दिन शेयर मूल्य घट्ने शीर्ष १० कम्पनीहरुमा बेनी हाइड्रो पावर, चिर्ख्वा हाइड्रो, सेन्चुरी डिबेञ्चर८८, स्वाभिमान माइक्रो फाइनान्स, एनआईबीएल डिबेञ्चर ९०, लक्ष्मी उन्नति कोष, एनसीसी डिबेञ्चर ८६, युनिभर्सल पावर कम्पनी, एनएमबी हाइब्रिड फण्ड २ र कुमारी सबल योजना रहेका छन् ।
यस दिन अधिक रकमको कारोबार हुने कम्पनीहरुमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब साढे १९ करोड रुपैयाँ र कुमारी बैंकको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। अधिक कारोबारको १० शीर्षको सूचीमा सोल्टी होटल लिमिटेड, तमोर हाइड्रो, लक्ष्मी सनराईज बैंक, घलेम्दी हाइड्रो, एनआईसीएशिया बैंक, रिलायन्स स्पिनिड. मिल्स र प्राइम कमर्सियल बैंक रहेका छन् ।
१३ उपसमूहमध्ये नौ वटाको परिसूचक बढेको छ भने चार वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १।०७ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूह पनि सामान्य बढेका छन्।







