Prakash Adhikari November 5, 2026
काठमाडौँ, १८ कात्तिकः सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
शपथपछि अर्थमन्त्री डा वाग्लेले निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिनुभयो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषमा भण्डारी नियुक्त
 सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो ।
आज मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन निर्देशन दिनुभयो ।
–––
Share Now