Prakash Adhikari November 13, 2026

काठमाडौं, २७ कार्तिक। भर्खरै चीनमा सम्पन्न बेल्ट एण्ड रोड यु १९ महिला च्याम्पियनसिपमा विजेता बनेर फर्केको नेपाली राष्ट्रिय टोली भारत जारी यू–१९ त्रिकोणात्मक टी–२० सिरिजमा पराजित भएको छ ।

हिजो सम्पन्न खेलमा भारतको यु १९ बी महिला टोलीले नेपालीटोलीलाई ९ विकेटले पराजित गरेको हो।

बिहीबार भएको खेलमा नेपालले दिएको ५० रनको लक्ष्य भारतले ५ ओभरमा एक विकेट गुमाएर ५१ रन बनाउँदै पूरा गर्‍यो।

भारतकी ईश्वरी आवासरेले सर्वाधिक २९ रन बनाइन्। उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।

दिया यादव ४ रनमा आएट हुँदा श्रेया चव्हाण १५ रनमा अविजित रहिन्। भारतलाई रोक्ने क्रममा नेपालकी ममता चौधरीले १ विकेट लिइन्।

त्यसअघि बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्सको ग्राउन्ड–२ मा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ४९ रन मात्र बनाएको थियो।

नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक १७ रन बनाइन। २६ बल खेलेकी उनले ३ चौका प्रहार गरिन्।

अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

Share Now