Prakash Adhikari November 13, 2026

काठमाडौं, २७ कार्तिक । नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्च दरमा घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ।

तिहार बिदा अघिको अन्तिम कारोबार दिन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन, यस दिन २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १ सय ५५ रुपैयाँ घटेको छ। कात्तिक २० गते, शुक्रबार तोलाको ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Share Now