काठमाडौं, २७ कार्तिक । तिहारको बिदापछि खुलेको पहिलो कारोबार दिन शुक्रबार नेपालको शेयर बजारमा सामान्य गिरावट देखिएको छ ।
यस दिन नेपाल धितोपत्र बजार परिसूचक ६.३२ अंक घटेर २६४८.८९ विन्दुमा झरेको छ।
धितोपत्र बजार परिसूचकसंगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३५ स्टकको ७८ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक ७.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयर मूल्य बढेका अन्य कम्पनीहरुमा बेनी हाइड्रो, सोपान फर्मास्युटिकल्स, सिटिजन्स समृद्धि योजना, एनएमबी हाइब्रिड फण्ड २, पाँचथर पावर, बीपीसी र सानिमामाई हाइड्रोपावर रहेका छन् ।
यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.५६ प्रतिशत घटेको छ। शेयर मूल्य अधिक घटेका अन्य कम्पनीहरुमा घोराही सिमेण्ट्स, सनराईज ब्लुचिप्स, सर्वोत्तम पेन्ट्स, सीवाईसीएल लघुवित्त, कुमारी इक्विटी फण्ड, सामुदायिक लघुवित्त, गणपति माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ९ करोड रुपैयाँ नाघेको छ। शीर्ष कारोबार हुने अन्य कम्पनीहरुमा ग्लोबल आईएमई बैंक, बुटबल पावर कम्पनी, सोल्टी होटल लिमिटेड,सेन्ट्रल फाइनान्स, सुपरमाई हाइड्रो र ग्रीन भेञ्चर्स रहेका छन् ।
यस दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्जमा वर्गीकृत १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ८३।५८ अंकले घटेको छ।







