Prakash Adhikari November 15, 2026
ललितपुर, २९ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताउनुभएको छ ।
छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।
सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गर्नुभएको छ ।
Share Now