Prakash Adhikari November 21, 2026

कीर्तिपुर(काठमाडौं), ५ मंसिर । नेपाल प्रिमियर लिगको फाइनल खेलमा साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सका सामु जितका लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको टस हारेर ब्याटिड.को निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा १ सय ५५ रनको योगफल तयार पारेको छ ।

खेलमा कप्तान रोहितले ३० रनमाथिको तीन वटा साझेदारी गरेपछि लुम्बिनीले प्रतिस्पर्धात्मक रन बनाउन सफल भयो। कप्तान रोहितले दोस्रो विकेटका डार्सी सर्टसँग ३० रन, तेस्रो विकेटका लागि निरोशन डिवेल्लासँग ३९ र चौथो विकेटका लागि दिलिप नाथसँग ३४ रनको साझेदारी गरे।

कप्तान रोहित पौडेल ३१ बलमा २ चौका सहयोगमा ३० रन बनाउँदा रनआउट भए। निरोशन डिकवाला २८ रन बनाउँदा थरुन्दे रत्नायकेको बलमा बोल्डआउट भए।

ओपनर डार्सी सर्ट १८ बलमा ४ चौका सहयोगमा २१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीको बलमा बोल्डआउट भए। खेलमा सन्दीप जोराले ४ र आशिफ शेखले १ रन मात्र जोडे।

लुम्बिनीका दिलिप नाथ र अली शेखले छैटौँ विकेटका लागि ३३ रनको अविजित साझेदारी गरे। १२ बलमा २ चौका र २ छक्का सहयोगमा २४ रन बनाएका अली शेख हेमन्त धामीको बलमा क्याच आउट भए।

दिलिप नाथ ३९ र रुवेन ट्रम्पलमेन ४ रनमा अविजित रहे। दिलिप नाथले ३१ बलमा ३ छक्का हाने।

लुम्बिनीलाई रोक्ने क्रममा सुदूरपश्चिमका लागि स्कट कुल्गेजिनले २ विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्र सिंह ऐरीले समान १ । १ विकेट झारे।

लुम्बिनी दोस्रो पटक पनि विजय बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ भने लगातार तेस्रो सिजन फाइनल खेलिरहेको सुदूरपश्चिमले पहिलो पटक उपाधि जित्न सम्पूर्ण सामाथ्र्य लगाएको छ ।

Share Now