काठमाडौं, ४ मंसीर । मंसीर २२ गतेदेखि राजधानीमा आयोजना हुने नेपालको घरेलु लिग एभरेष्ट प्रिमियर लिग (इपिएल)को खेल तालिका सार्वजनिक भएको छ ।
उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स विच प्रतिस्पर्धा हुने भएको छ ।
मंसिर २२ गतेबाट किर्तीपुर मैदानमा हुने प्रतियोगितामा विराटनगर वारियर्स, ललितपुर प्याट्रियट्स,काठमाडौं किंग्स एलेभेन, चितवन टाइगर्स , भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज गरि ६ टिमको सहभागिता रहेको छ ।

उदघाटनको दिन एक खेल हुनेछ भने त्यसपछि लिग चरणमा दिनको दुई खेल हुनेछन ।
दोस्रो दिन ललितपुर प्याट्रियट्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा देशका विभिन्न ६ वटा फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । १५ दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपि वन टिभीबाट हुनेछ । प्रतियोगिताका लागि विभिन्न छ टिमले विदेशी खेलाडी पनि पक्का गरिसकेको छ ।


















